दफा ७
समाव्हान वा इतलायनामा
(१) अदालतले यस ऐन बमोजिम समाव्हान वा इतलायनामा जारी गर्दा अनुसूची ३ मा तोकिएको ढाँचामा जारी गर्नु पर्छ ।
(२) उपदफा (१) बमोजिम जारी भएको समाह्वान वा इतलायनामा प्रचलित कानून बमोजिमको रीत पु¥याई तामेल गर्नु पर्नेछ ।
तर वादीले गलत ठेगाना लेखिदिएको वा अदालतद्वारा गलत ठेगानाको उल्लेख गरेको कारणले प्रतिवादी वा निजको घर डेराको पत्ता नलागेको रहेछ भने यस उपदफा बमोजिम टाँस हुँदैमा समाव्हान वा इतलायनामा रीतपूर्वक तामेल भएको मानिने छैन ।
(३) यस दफा बमोजिमको समाव्हान वा इतलायनामा तामेल गर्न जाने कर्मचारीले बाटाका म्याद बाहेक दुई दिनभित्र समाव्हान वा इतलायनामा तामेल गरी सक्नुपर्छ र कुनै मनासिव कारण नभई समाव्हान वा इतलायनामा तामेल गर्न ढिलो गरेको देखिएमा निजलाई अदालतले पच्चीस रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।